लुम्बिनी- रूपन्देहीमा दुर्गा विसर्जन गर्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ। कोटहीमाई गाउपालिका वडा नं १ सिपवास्थित तिनाउ नदी र दानव नदीको संगमस्थलमा दुर्गा मूर्ति विसर्जनका क्रममा तीन युवक डुबेका थिए।
कोटहीमाई गाउँपालिका वडा नं १ का २० वर्षीय युवक सन्तकुमार राजभरकाे बिहीबार शव भेटिएको हो। डुबेकामध्ये दुई जना केही समयमै मृत अवस्थामा फेला परेका थिए।
कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको दुई मुहानमा डुबेर बेपत्ता भएका थिए। मूर्ति विसर्जनकै क्रममा डुबेर सोही स्थानकै २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो।
प्रकाशित: ९ कार्तिक २०८० १६:३७
प्रतिक्रिया