काठमाडौँ– आइतबार बिहान ७ः४० मा काठमाडौँ आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्का काठमाडौँसहित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवालगायतका जिल्लामा पनि महसुस गरिएको छ।
धादिङको खरी केन्द्रबिन्दु बनाएर ६.१ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
अधिकारीले सो भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परकम्प भएको राससलाई बताएका छन्।
प्रकाशित: ५ कार्तिक २०८० ७:४१ | Sunday, October 22, 2023
प्रतिक्रिया


