त्रिभुवन विमानस्थलबाट दैनिक ११३ अन्तर्राष्ट्रिय उडान

हिमाल प्रेस ३० असोज २०८० २१:११ | Tuesday, October 17, 2023
त्रिभुवन विमानस्थलबाट दैनिक ११३ अन्तर्राष्ट्रिय उडान फाइल तस्बिर।

काठमाडौँ– त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्। सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकै दिन दुईतर्फी एक सय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान हुँदैछ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

नेपालमा पर्यटकीय याम सुरु भएको र दसैँलगायत महत्त्वपूर्ण चाडपर्व पनि प्रारम्भ भएकाले विदेशबाट नेपाल आउनेको संख्या बढेको छ। आन्तरिकतर्फ पनि उडान चाप रहेको छ। दैनिक दुईतर्फी तीन सय उडानबाट करिब १५ हजार यात्री आवतजावत गरिरहेका विमानस्थल कार्यालयले जनाएको छ। आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन्। रासस

प्रकाशित: ३० असोज २०८० २१:११ | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast