कान्तिपुर मिडिया ग्रुपमा पत्रकार महासंघको धर्ना

हिमाल प्रेस ३० असोज २०८० १६:३६ | Tuesday, October 17, 2023
कान्तिपुर मिडिया ग्रुपमा पत्रकार महासंघको धर्ना

काठमाडौँ- नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीमा मंगलबार धर्ना दिएको छ।

महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिन अनिश्चितकालीन दबाबमूलक आन्दोलनको गरेको हो।

कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच सहमति भएको थियो।

उक्त सहमति बहुसंख्यक पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिन महासंघले आन्दोलोलित भएको छ।

घोषित कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघले मंगलबार ३ बजेदेखि ४ बजेसम्म थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपमा १ घण्टा धर्ना दिएको छ। धर्ना पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने महासंघले जनाएको छ।

कान्तिपुर व्यवस्थापन पक्षले ८२ पत्रकारलाई सेवाबाट निष्कासन गरेको महासंघले जनाएको छ। ती पत्रकारको पुनर्बहाली हुनुपर्ने, अनधिकृत सरुवाको बदर हुनुपर्ने र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयलगायतका माग राखी महासंघ आन्दोलित भएको हो।

प्रकाशित: ३० असोज २०८० १६:३६ | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast