फाइल तस्बिर।
काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (आइतबार) मध्यरात १२ बजेदेखि लागू हुने गरेर पेट्रोलको मूल्यमा प्रतिलिटर ११ रूपैयाँले घटाइएको हो । डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रूपैयाँले मूल्य घटाइएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जनाएको छ।
अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर मूल्य १७२ रूपैयाँ पर्नेछ । यसअघि १८३ रूपैयाँ प्रतिलिटर थियो । त्यस्तै काठमाडौँमा १७३ रूपैयाँ प्रतिलिटर रहेको डिजेल र मट्टितेल अब प्रतिलिटर १६८ रूपैयाँमा पाइनेछ ।

प्रकाशित: २८ असोज २०८० २०:०६ | Sunday, October 15, 2023
प्रतिक्रिया


