दसैँमा विदेशी पहुनाका लागि स्थानीय परिकार

हिमाल प्रेस २६ असोज २०८० १२:२३ | Friday, October 13, 2023
दसैँमा विदेशी पहुनाका लागि स्थानीय परिकार

काठमाडौँ- दसैँको समयमा नेपालमा खाने स्थानीय रैथाने खानाका परिकारहरू होटल तथा रेस्टुरेन्टको मेनुमै राख्ने होटल संघ नेपालले निर्णय गरेको छ।

स्थानीय खानाको प्रवर्द्धनका लागि दसैँ अवधिमा नेपालीले खाने परिकार नै होटल तथा रेस्टुरेन्टको मेनुमा राखिने संघले निर्णय गरेको हो।

दसैँको बिदामा होटलहरूले नेपाल घुम्न आएका विदेशी पाहुनालाई विशेष छुटका साथ नेपाली खानाका परिकार पस्कने होटल संघ नेपालका सदस्य होटलहरूले जनाएका छन्। उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ गते घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आयोजना हुनेछ।

पर्यटकहरूले यात्राको क्रममा रैथाने स्थानीय खानाप्रति विशेष रुचि राख्ने हुँदा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई नेपाली मौलिक खानाको स्वाद चखाई नेपालको भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको छ।

विशेषगरी झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल र काठमाडौँको एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घरलगायतले दसैँका परिकार नै मेनुमा राख्नेछन्।

प्रकाशित: २६ असोज २०८० १२:२३ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast