आगलागीबाट सात पसलमा क्षति

हिमाल प्रेस २६ असोज २०८० ८:४४ | Friday, October 13, 2023
आगलागीबाट सात पसलमा क्षति प्रतीकात्मक तस्बिर

नेपालगन्ज- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित बीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ।

विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भने, ‘सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण संकलन हुँदैछ।’

नेपालगन्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताए। आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो।

प्रकाशित: २६ असोज २०८० ८:४४ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast