२५३ नेपाली लिएर इजरायलबाट उड्यो नेवानिको जहाज

हिमाल प्रेस २५ असोज २०८० १६:४७
302
SHARES
२५३ नेपाली लिएर इजरायलबाट उड्यो नेवानिको जहाज इजरालयको तेल अभिभबाट उद्धार गरिएका नेपालीलाई नेपाल वायु सेवा निगमको जहाजमा अभिभादन गर्दै परराष्ट्रमन्त्री एनपी साउद। तस्बिर सौजन्य : परराष्ट्र मन्त्रालय

काठमाडौँ- इजरायलबाट २५३ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौँका लागि उडेको छ। इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौँका लागि उडेको हो।

उक्त विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ। इजरायलमा परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा वायुसेवा निगमको विमान उद्धारका लागि इजरायल पठाइएको हो। वायुसेवा निगमका क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्रु मेम्बरले उद्धार उडान भरेका हुन्।

इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी नेपालीसहित हजारौं अपलपत्र परेका छन्।

सरकारले नेपाल फर्कन चाहनेहरूका लागि अनलाइन आवेदन खुलाएको थियो। जसमध्ये नेपाल आउन चाहेका २५३ जना नेपालीलाई बिहीबार सरकारले उद्धार गरेको हो। इजरायलमा हमासले गरेको आक्रमणमा परेर १० जना नेपालीले ज्यान गुमाएका छन्। एक जना अहिलेसम्म बेपत्ता छन्।

प्रकाशित: २५ असोज २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast