बुध्द एयर २७औँ वर्षमा, २६ वर्षमा उडायो २ करोड यात्रु

हिमाल प्रेस २४ असोज २०८० १२:२९
6
SHARES
बुध्द एयर २७औँ वर्षमा, २६ वर्षमा उडायो २ करोड यात्रु

काठमाडौँ- नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान सुरु गरेको बुध्द एयर २७औँ वर्षमा प्रवेश गरेको छ। यस अवधिमा बुध्द एयरबाट २ करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेका छन्।

बुध्द एयर निजीतर्फकै अगुवा एयरलाइन्स कम्पनी हो। हाल बुध्द एयरसँग ३ वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ जहाज छन्। बुध्द एयरले यही अक्टोबर महिनाभित्रै थप अर्को एटीआर जहाज भित्र्याउन लागेको छ। योसँगै बुध्द एयरको जहाज संख्या १७ पुग्नेछ।

जहाज मर्मतसम्भारका लागि बुध्द एयरसँग अत्याधुनिक ह्याङ्गर छ। जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एक मानिन्छ। यसबाट बुध्द एयरले आफ्ना जहाज मात्रै मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीलाई पनि सेवा दिन्छ।

वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकताअनुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताएका छन्।

उनी भन्छन्, ‘बुध्द एयरको उडान सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट नियमित अडिट एवम् मूल्यांकन गराउँदै आएका छौँ।’
बुध्द एयरले ‘यात्रुको समय हाम्रो उडान’ भन्ने नाराका साथ विभिन्न गन्तव्यमा उडान संख्या बढाएको छ। बुध्दले पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको छ।

यसबाहेकका गन्तव्यमा पनि आधा दर्जनभन्दा बढी उडान छन्। सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि बिस्तारै उडान संख्या थप्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ असोज २०८० १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =