इजरायलमा गोली लागेर घाइते प्रवीणको शल्यक्रिया सफल

हिमाल प्रेस २३ असोज २०८० १४:१४ | Tuesday, October 10, 2023
इजरायलमा गोली लागेर घाइते प्रवीणको शल्यक्रिया सफल

काठमाडौँ- इजरायल युद्धमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया गरिएको छ। उनी आफैँले भिडियो सन्देश छोडेर आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘भर्खरै अपरेशन सक्सेस भयो। यो खबर मेरो घरसम्म पुर्‍याइदिनू।’ अपरेशन सफल भएको खबर घरसम्म पुर्‍याइदिनु भन्दै उनले फोन नम्बरसमेत दिएका छन्।

दंगीशरण गाउँपालिका–३ हेकुलीका उनी गत २६ भदौमा बीएस्सी एजीको प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका थिए। २२ वर्षीय डाँगीको खुट्टामा गोली लागेको थियो। अपरेशनपछि डाँगीका बुबा निमबहादुरसँग कुराकानीसमेत भएको वडाअध्यक्ष सुकलाल चौधरीले बताए।

इजरायलमा भएको बमबारीमा परी १० जना नेपाली विद्यार्थीहरूको ज्यान गएको छ। केहीलाई भने इजरायली सेनाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। नेपाल सरकारले इजरायलमा भएकाहरूलाई स्वदेश फर्काउन समन्वय गरिरहेको बताएको छ।

प्रकाशित: २३ असोज २०८० १४:१४ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast