बुटवल उद्योग वाणिज्य संघमा अर्याल निर्वाचित

हिमाल प्रेस २३ असोज २०८० १०:४९ | Tuesday, October 10, 2023
बुटवल उद्योग वाणिज्य संघमा अर्याल निर्वाचित

लुम्बिनी- रूपन्देहीको पुरानो उद्योग व्यवसायीको संस्था बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वािचत भएका छन्। सोमबार भएको निर्वाचनमा प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८८ मतान्तरले पराजित गर्दै अध्यक्षमा अर्याल निर्वाचित भएका हुन्।

अर्यालले ७७६ मत ल्याउँदा श्रेष्ठले ६८८ मत मात्रै ल्याए। अर्याल नेपाली कांग्रेस रुपन्देहीको कोषाध्यक्ष समेत हुन्। निर्वाचनमा अर्याल र श्रेष्ठले छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैर निर्विरोध भएका थिए। त्यस्तै उद्योग उपाध्यक्षमा पनि अर्याल प्यानलकै सुरज भटटराई विजयी भएका छन् । भट्टराईले ७७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नविन प्रसाद श्रेष्ठले ६७२ मत ल्याए।

त्यस्तै वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध भएका थिए। महासचिवमा मुक्ति प्रसाद अधिकारी निर्वाचित भएका छन्। अधिकारीले ७६० मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी बाबुराम विकले ६८८ मत मात्र ल्याएर पराजित भए।

त्यस्तै कोषाध्यक्षमा बसन्तप्रसाद ढकाल ८०८ मतका साथ विजयी भए। ढकालका प्रतिस्पर्धी प्रकाश कुमार श्रेष्ठले ६४४ मत मात्र ल्याउन सके।

त्यस्तैगरी सचिव पदमा प्रतिक पोखरेल निर्वाचित भएका छन्। पोखरेलले ७२३ मत ल्याउँदा उनका प्रतिस्पर्धी भेषराज गैरेले ७०७ मत मात्र ल्याउन सके।

त्यस्तै सह कोषाध्यक्षमा धनकुमारी खनाल (सविता) निर्वाचित भएकी छिन्। खनालले ८३० मत ल्याउँदा प्रतिस्पर्धी जाकिर हुसेनले ६३३ मत मात्र ल्याए। पदाधिकारी निर्वाचित भएकामध्ये सचिव पोखरेल बाहेक सबै अर्याल प्यानलका हुन्।

त्यस्तै सदस्यमा बालकृष्ण पौडेल, दीपकप्रसाद चापागाई, कृष्णप्रसाद पाण्डेय, निर्मित कसजू, सुनिता शर्मा बञ्जाडे, गणेश प्रसाद भट्टराई, रामबहादुर भण्डारी, टिकाराम बञ्जाडे, विष्णु घिमिरे पन्त, विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए।

प्रकाशित: २३ असोज २०८० १०:४९ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast