एमाले उपत्यका विशेष अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पराजुली

हिमाल प्रेस २१ असोज २०८० ६:४६
एमाले उपत्यका विशेष अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पराजुली

काठमाडौँ- नेकपा एमालेको उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशनबाट प्रेम पराजुलीको अध्यक्षतामा सम्पूर्ण कमिटी सर्वसम्मत निर्वाचित भएको छ।

निर्वाचन समितिका संयोजक घनेन्द्र श्रेष्ठले सबै पदमा दोहोरो उम्मेदवारी नपरेको जानकारी दिए ।

अध्यक्षमा उम्मेदवारी दिएका नेपाल पर्यटन बोर्डका उपाध्यक्ष समेत रहेका पर्यटन व्यवसायी चन्द्र रिजालले छाडिदिएपछि सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

रिजालको उम्मेदवारी फिर्ताअघि नेतृत्वले उनको व्यवस्थापनका विषयमा सहमति गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा जिफन्टका उपाध्यक्ष विदुर कार्की निर्विरोध भएका छन्। त्यस्तै सचिवमा पार्टी स्कुल विभागका सदस्य मिलेन धरेल निर्विरोध भएका छन्। त्यस्तै उपसचिवमा जिफन्टकै उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका छन्।

 

प्रकाशित: २१ असोज २०८० ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast