आइएमई पेले ल्यायो क्यासब्याक तथा बम्पर उपहार

हिमाल प्रेस १४ असोज २०८० १५:५८
आइएमई पेले ल्यायो क्यासब्याक तथा बम्पर उपहार

काठमाडौँ- डिजिटल वालेट ‘आइएमई पेले दसैँ , तिहार तथा छठलार्ई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अभियान सार्वजनिक गरेको छ।

असोज १४ गतेदेखि सुरु भइ मङ्सिर ३ गतेसम्म चल्ने ५० दिनको अभियानअन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले विभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन्। त्यस्तै हरेक हप्ता १ जना सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको उपहार ह्यम्पर पनि प्राप्त गर्नेछन्। योजनाको अन्त्यमा ८ जना विजेताले ५० हजार बराबरको सपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

यससँगै आइएमई पेमार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहेको आइएमई पेका सीईओ प्रविन रेग्मीले बताए।

प्रकाशित: १४ असोज २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =