एमाले कोशीको अधिवेशनमा वर्षा र हावापानीको असर

हिमाल प्रेस १३ असोज २०८० १०:३१ | Saturday, September 30, 2023
एमाले कोशीको अधिवेशनमा वर्षा र हावापानीको असर

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा हावाहुरी र वर्षाले असर गरेको छ।

विराटनगरमा जारी अधिवेशनमा आज (शनिबार) प्रतिवेदनमाथि समूहगत छलफल तय भएको थियो।
हावाहुरीसहित पानी परेपछि छलफल प्रभावित बनेको हो। हावाहुरीसँगको वर्षाले समूहगत छलफल प्रभावित बनेपछि प्रतिनिधि तितरवितर भएका छन्।

आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल गर्ने कार्यक्रम छ ।

हिजो नै कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदूर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ।

प्रकाशित: १३ असोज २०८० १०:३१ | Saturday, September 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast