‘बिजनेस’ नहुँदा छ पटक सर्‍यो राष्ट्रियसभा

हिमाल प्रेस १२ असोज २०८० ११:२७ | Friday, September 29, 2023
‘बिजनेस’ नहुँदा छ पटक सर्‍यो राष्ट्रियसभा राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ- राष्ट्रियसभा बैठक लगातार ६ पटक सरेको छ। आज शुक्रबार बस्ने तय भएको बैठक एकाएक सूचना जारी गरी असोज १८ बोलाइएको हो।

गत भदौ २८ गते शोक प्रस्ताव पारित गरेर स्थगित भएको बैठक १२ असोजमा लामो अन्तरालमा बोलाइएको थियो। त्यसअघि १८ भदौमा बैठक बसेपछि २२ भदौमा बोलाइएको थियो तर सूचना जारी गरेर २७ भदौमा बोलाइएको बैठक पनि सूचनाबाट स्थगित गरी २८ भदौमा बोलाइएको थियो।

२६ भदौमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनका कारण २७ र २८ गतेको बैठक प्रभावित भएको थियो। राष्ट्रियसभामा विधायनसम्बन्धी विधेयक, विद्युत व्यापारसम्बन्धी विधेयक, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक छन्। प्रतिनिधिसभाले विधेयक पारित गरेर नपठाएसम्म अन्य विधेयक यो सभामा छैनन्।

प्रकाशित: १२ असोज २०८० ११:२७ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast