एमाले कर्णाली प्रदेशको अधिवेशन : यी हुन् आका‌क्षी

हिमाल प्रेस १२ असोज २०८० ८:०० | Friday, September 29, 2023
एमाले कर्णाली प्रदेशको अधिवेशन : यी हुन् आका‌क्षी

काठमाडौँ- नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन जारी छ। सुर्खेतको सिटी हलमा बुधबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशन जारी रहेको हो।

अधिवेशनको बन्दसत्र समेत जारी रहेको छ। एक नेताका अनुसार नयाँ नेतृत्वका लागि मतदान अनिश्चित जस्तै छ। सहमतिमा नयाँ नेतृत्व चयनको प्रयास जारी छ। सर्वसहमति हुन नसके निर्वाचन हुने ती नेताले बताए।

यस्तै हिजोको बन्दसत्र अगाडि एमाले महासचिव शंकर पोखरेल सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएका हुन्।

कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिट्ब्युरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा, नेताहरू मीनबहादुर शाही र राजबहादुर शाहीले आकांक्षा देखाएका छन्।

कर्णाली अधिवेशनमा आएका ६०४ प्रतिनिधिले १३५ सदस्यीय कमिटी निर्वाचित गरेका छन्।

 

प्रकाशित: १२ असोज २०८० ८:०० | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast