यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

हिमाल प्रेस २ पुष २०७९ ८:१८ | Saturday, December 17, 2022
यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु सांकेतिक तस्बिर।

झापा- झापामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ जिल्ला बेलबारी नगरपालिका ८ निवासी ५८ वर्षीया तुलसादेवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ मा दक्षिणबाट राजमार्गमा निस्किएर पश्चिम जाने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकल चालक बेलबारी १० निवासी ५८ वर्षीय शुक्रबहादुर तामाङलाई कुनै चोटपटक नलागी सकुशल रहे पनि मोटरसाइकलको पछाडि सवार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो।

यता इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधनसहित मोटरसाइकल चालक तामाङ र बस चालक भोजपुर जिल्ला अरुण गाउँपालिका ५ निवासी ३० वर्षीय बलबहादुर राईलाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: २ पुष २०७९ ८:१८ | Saturday, December 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast