सडकमा सुतेर राहत र ईसीडी शिक्षकको प्रदर्शन [तस्बिरहरू]

दिपेश श्रेष्ठ ८ असोज २०८० १३:१९ | Monday, September 25, 2023
सडकमा सुतेर राहत र ईसीडी शिक्षकको प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ- सामुदायिक विद्यालयमा राहत कोटा र बालविकास (ईसीडी) शिक्षकले सोमबार राजधानीको सडकमा सुतेर प्रदर्शन गरेका छन्। सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले राजधानीको माइतीघर-बानेश्वर सडक खण्डमा सुतेर प्रदर्शन गरेका हुन्।

सरकार र महासंघबीच राहत शिक्षक स्थायी हुनका लागि एकपटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने व्यवस्था गरिने उल्लेख छ। राहत शिक्षक भने शतप्रतिशत नै आन्तरिक प्रतिस्पर्धा गरी स्थायी हुनुपर्ने पक्षमा छन्।

महासंघको नेतृत्वमा भएको आन्दोलन गत शुक्रबारदेखि फिर्ता भए पनि सहमतिको विरोधमा राहत, ईसीडीलगायतका शिक्षकहरूले भने शनिबारदेखि राजधानी केन्द्रित आन्दोलन जारी राखेका छन्।

सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा नेपाल शिक्षक महासंघ आन्दोलित भएको थियो।

महासंघसँग वार्ता गरी सहमति भए पनि राहत,  ईसीडी शिक्षक, पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन, सामुदायिक विद्यालय कर्मचारी संघ आन्दोलनमै रहेका हुन्। उनीहरू आफ्ना माग पूरा नभई विद्यालय नफर्कने पक्षमा छन्।

प्रकाशित: ८ असोज २०८० १३:१९ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast