वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दशैंमा १० गुणा’ योजना सुरु

हिमाल प्रेस ७ असोज २०८० १९:४४ | Sunday, September 24, 2023
वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दशैंमा १० गुणा’ योजना सुरु

काठमाडौँ- वेस्टर्न युनियन मनी ट्रान्सफरले दसैँ, तिहार र छठ पर्वको अवसरमा ‘दसैँमा १० गुणा’ योजना सुरु गरेको छ। वेस्टर्न युनियन मनी ट्रान्सफरले यस पर्वको उत्सवमा ग्राहकहरूको खुसी गुणा गर्ने लक्ष्यसहित उक्त योजना सुरु गरेको बताएको हो।

योजनामा सहभागी हुन ग्राहकले कम्पनीका कुनै पनि काउन्टरबाट रेमिट्यान्स प्राप्त गर्नुपर्नेछ। अभियान अवधिका प्रत्येक कारोबारहरूमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुने कम्पनीले बताएको छ।

सोमबार (असोज ८ गते) देखि मंसिर १० गतेसम्म लागू हुनेछ। योजनाअन्तर्गत ८ हप्तामा लक्की ड्रमार्फत ६४ ग्राहकले २५ हजार रुपैयाँसम्मको कारोबारमा २ गुणा र सोभन्दा बढीको कारोबारमा २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: ७ असोज २०८० १९:४४ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast