काठमाडौँ- माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) कम्पनीको अध्यक्षमा नियुक्त भएका छन्।
यसअघि न्यौपाने नेप्समा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएका थिए। नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
विगत १९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध उनी हाल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। उनीसँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी समय काम गरेको अनुभव छ।
प्रकाशित: ७ असोज २०८० १५:४० | Sunday, September 24, 2023
प्रतिक्रिया



