मतगणना नसकिँदै क्यान सचिवमा पारस निर्वाचित

हिमाल प्रेस ६ असोज २०८० १७:१८ | Saturday, September 23, 2023
मतगणना नसकिँदै क्यान सचिवमा पारस निर्वाचित फाइल तस्बिर

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानको सचिवमा पारस खड्का निर्वाचित भएका छन्। शनिबार सम्पन्न क्यान निर्वाचनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्काले प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै सचिवमा निर्वाचित भएका हुन्।

८५ मत खसेको निर्वाचमा मतगणना नसकिँदै पारसले जितिसकेका छन्। कुल ७५ मत गणना हुँदा पारसले ४३ मत र मल्ल ३२ मत पाएका छन्।

जित्नका लागि ४३ मत आवश्यक हुनेमा पारसले उक्त मत पाइसकेका छन्। निर्वाचनको नतिजा औपचारिक रूपमा घोषणा गर्न बाँकी छ। क्यानको अध्यक्षमा यसअघि नै चतुरबहादुर चन्द निर्वाचित भइसकेका छन्।

क्रिकेट संघमा दोहोरिए चन्द, औपचारिक घोषणा हुन बाँकी

प्रकाशित: ६ असोज २०८० १७:१८ | Saturday, September 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast