धेरै ‘एक्साइटेड’ छैन : क्यान अध्यक्ष चन्द

हिमाल प्रेस ६ असोज २०८० १३:४० | Saturday, September 23, 2023
धेरै ‘एक्साइटेड’ छैन : क्यान अध्यक्ष चन्द

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानमा निर्विरोध अध्यक्ष चुनिएका चतुरबहादुर चन्दले अघिल्लो कार्यकालभन्दा फरक तरिकाले काम गर्ने बताएका छन्।

क्यानको साधारण सभामा सञ्चारकर्मीहरूसँग चन्दले अध्यक्षमा निर्वाचित भएपनि जिम्मेवारी बढेको महसुस भएको बताए। ‘निर्वाचनलाई मैले ठिक रूपले लिएको छु। धेरै एक्साइटेड पनि छैन,’ उनले भने, ‘पद पाएपछि जिम्मेवारी अझै धेरै बढेकोजस्तो लागेको छ। अघिल्लो कार्यकालभन्दा भिन्न तरिकाले अघि बढ्ने अठोटले प्रयास गर्नेछु।’

क्यानको अध्यक्षमा चन्द दोहोरिएका हुन्। यद्यपि चुनावी नतिजाको औपचारिक घोषणा हुन बाँकी नै छ। यसअघि पनि चन्द क्यानका अध्यक्ष हुन्। क्यानको सचिवमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र वर्तमान सचिव प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ।

उपाध्यक्ष वर्तमान कोषाध्यक्ष रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार साधारण सभाको उद्घाटन कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए।

प्रकाशित: ६ असोज २०८० १३:४० | Saturday, September 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast