एनसेलद्वारा बागमती करिडोरमा वृक्षरोपण

हिमाल प्रेस ५ असोज २०८० १३:१५ | Friday, September 22, 2023
एनसेलद्वारा बागमती करिडोरमा वृक्षरोपण

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरपालिकासँगको सहकार्यमा बागमती कोरिडोरमा वृक्षरोपण गरेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संयुक्तरूपमा वृक्षरोपणको शुभारम्भ गरेका हुन्।  एनसेलले ललितपुर महानगरपालिका वडा नम्बर १ स्थित बागमती करिडोर सडकको दायाँबायाँ २०० भन्दा बढी बिरुवा रोपेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सहरमा हरियाली बढाउन एनसेलको अभियानले साथ दिएको बताए। उनले भने, ‘यो अभियानले उपत्यकालाई स्वच्छ र हराभरा सहर बनाउन योगदान दिनेछ।’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि दुई वर्षदेखि सहकार्य गर्दै आएको बताए। उनले भने, ‘वृक्षरोपणको लागि महानगरपालिका र वडाको तर्फबाट म एनसेललाई धन्यवाद दिन चाहन्छु।’

प्रकाशित: ५ असोज २०८० १३:१५ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast