कोकाकोलाको ‘चिल एन विन २.०’ क्याम्पेन सार्वजनिक

हिमाल प्रेस ४ असोज २०८० २०:५० | Thursday, September 21, 2023
कोकाकोलाको ‘चिल एन विन २.०’ क्याम्पेन सार्वजनिक

काठमाडौँ- कोकाकोला नेपालले ‘चिल एन विन २.०’ क्याम्पेन सार्वजनिक गरेको छ। कम्पनीले ‘चिल एन विन’ क्याम्पेनको सफलतापछि ‘चिल एन विल २.०’ क्याम्पेन ल्याएको हो।

क्याम्पेनले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायत पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ। साथै दैनिक टपअपसहित स्मार्टफोनहरू पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

क्याम्पेनमा सहभागी हुन ग्राहकले कोकाकोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ। ‘यी कोडहरू चिल एन विन २.० क्याम्पेनको वेबसाइटमा पनि पठाउन सकिन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ४ असोज २०८० २०:५० | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast