प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट

हिमाल प्रेस ४ असोज २०८० ६:५३ | Thursday, September 21, 2023
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र संघको मुख्यालयमा बुधबार भेटघाट भएको छ।

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए।

प्रधानमन्त्री दाहालले राष्ट्र संघको फोरममा भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित: ४ असोज २०८० ६:५३ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast