ढाकाकुमारले लगाएको आरोपमाथि पार्टीमा अनुसन्धान सुरु भएको छ : प्रमुख सचेतक परियार

हिमाल प्रेस २८ भदौ २०८० १७:४० | Thursday, September 14, 2023
ढाकाकुमारले लगाएको आरोपमाथि पार्टीमा अनुसन्धान सुरु भएको छ : प्रमुख सचेतक परियार रास्वपाका प्रमुख सचेतक सन्तोष परियार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरूमाथि उठाएका विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु गरेको बताएका छन्।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले श्रेष्ठले पार्टीका नेताहरूमाथि लगाएको आरोपका सम्बन्धमा गम्भीर रूपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही गर्नेसमेत बताए।

उनले जिम्मेवार पार्टी भएकाले श्रेष्ठले राखेका कुरालाई पार्टीले गम्भीर रूपमा लिएको र अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आएपनि अनुसन्धान नरोकिने जिकिर गरे। रास्वपाबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन तीन करोड रुपैयाँ माग गरेको बताएका थिए।

प्रकाशित: २८ भदौ २०८० १७:४० | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast