तराईभन्दा हिमाली क्षेत्रमा कम मूल्यवृद्धि

हिमाल प्रेस २९ मंसिर २०७९ १५:५९ | Thursday, December 15, 2022
तराईभन्दा हिमाली क्षेत्रमा कम मूल्यवृद्धि गोरखाको सामागाउँ

काठमाडौँ- नेपाल राष्ट्र बैंकका अनुसार क्षेत्रगत मूल्यवृद्धि दर सबैभन्दा बढी तराईमा छ। चालु आर्थिक वर्षको चार महिनामा काठमाडौँ उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मूल्यवृद्धि छ।

गत आर्थिक वर्षको चार महिनामा काठमाडौँको मूल्यवृद्धि ६.१४ प्रतिशत, तराईको ५.४२ प्रतिशत, पहाडको ७.१४ प्रतिशत र हिमालमा ५ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ८.८ प्रतिशत छ। अघिल्लो वर्षको कात्तिकमा मूल्यवृद्धि ६.४ प्रतिशत थियो।

चालु आवको चार महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.६३ प्रतिशत छ।

यो कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मूल्य १०.२ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा ६.६८ प्रतिशत थियो। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ११.८९ प्रतिशत रहेको छ।

प्रकाशित: २९ मंसिर २०७९ १५:५९ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast