मूल्यवृद्धिको विरोधमा इन्डोनेसियामा प्रदर्शन तीव्र

हिमाल प्रेस १३ असार २०८३ १६:२० | Saturday, June 27, 2026
18
SHARES
मूल्यवृद्धिको विरोधमा इन्डोनेसियामा प्रदर्शन तीव्र तस्बिर : एपी

काठमाडौँ- इन्डोनेसियामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिहरुका विरोधमा प्रदर्शन तीव्र बनेको छ।

त्यहाँको दोस्रो ठूलो सहर सुराबायामा आयोजना गरिएको र्‍यालीका क्रममा प्रहरीले दर्जनौँ प्रदर्शनकारीहरुलाई पक्राउ गरेको एक अधिकारी समूहले जनाएको छ।

इन्धनको मूल्यवृद्धि र राष्ट्रपति प्रबोवोको प्रमुख निःशुल्क भोजन योजनाको विरोध गर्न सुराबायाको सरकारी भवननिजकै करिब सय जनाको समूह भेला भएको थियो।

प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्नुका साथै सरकारी संरचनामा आगजनी गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।

अधिकार समूह ‘कन्ट्रास सुराबाया’ का संयोजक फतकुल खोइरका अनुसार हालसम्म २४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पश्चिम एसियामा जारी युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा समस्या उत्पन्न भएपछि इन्डोनेसियाली सरकार आर्थिक दबाबमा परेको छ। सोही दबाब कम गर्न प्रबोवो प्रशानले हालै पेट्रोलको मूल्यमा करिब ३० प्रतिशतले वृद्धि गरेपछि इन्डोनेसियामा विरोध प्रदर्शन चर्किएको हो।

इन्धनको मूल्य फिर्ता लिन र अर्बौँ डलर बजेट रहेको निःशुल्क भोजन योजना रोक्न माग गर्दै राजधानी जकार्तासहित अन्य सहरहरुमा प्रदर्शन भएको छ।

निःशुल्क भोजन योजना राष्ट्रपति प्रबोवोको राजनीतिक एजेन्डाको मुख्य आधारशिला भए तापनि यो प्रभावकारी नभएको आरोप लागेको छ।-रासस/एएफपी

प्रकाशित: १३ असार २०८३ १६:२० | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast