काठमाडौँ- नेकपा एमालेले पार्टीबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरूको भेला बोलाएको छ।
पुस ५ गते काठमाडौँको कमलादीमा भेला आयोजना गरिएको एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
उनले प्रतिनिधिसभासहित सातै प्रदेशका सांसदलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको बताए। भेलामा सहभागीहरूलाई पार्टीका शीर्ष नेताले प्रशिक्षण दिने बुझिएको छ।
नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन्।
प्रकाशित: २९ मंसिर २०७९ १२:१२ | Thursday, December 15, 2022
प्रतिक्रिया



