मनकामना केबलकारका सञ्चालक श्रेष्ठ एसियन बडिबिल्डिङको उपाध्यक्ष चयन

हिमाल प्रेस १७ भदौ २०८० १६:३१
मनकामना केबलकारका सञ्चालक श्रेष्ठ एसियन बडिबिल्डिङको उपाध्यक्ष चयन

काठमाडौँ- मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन्।

काठमाडौँमा सम्पन्न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित चार नेपालीलाई विभिन्न ओहदामा चयन गरेको हो।

इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघका उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको हो। निर्वाचित पदाधिकारीको कार्यावधि चार वर्षको हुनेछ।

प्रकाशित: १७ भदौ २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =