उपराष्ट्रपतिले दिए रक्षाबन्धनको शुभकामना

हिमाल प्रेस १४ भदौ २०८० ६:४५ | Thursday, August 31, 2023
उपराष्ट्रपतिले दिए रक्षाबन्धनको शुभकामना

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)पर्वले सहयोग पुर्‍याएको बताएका छन्।

नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक, सांस्कृतिक एवं परम्परागत रक्षा बन्धनको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उनले सो कुरामा विश्वास व्यक्त गरेका हुन्।

‘नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु-वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको छ, नेपालमा बसोबास गर्ने विभिन्न समुदायले एकै तिथिमा मनाउने रक्षा बन्धन र जनैपूर्णिमा पर्व तथा क्वाँटी खाने परम्परा वर्षौंदेखि सांस्कृतिक त्रिवेणीका रूपमा प्रचलनमा रही आएको छ’, सन्देशमा भनिएको छ।

यस्ता पौराणिक पर्व एवं सांस्कृतिक परम्परालाई  सबैले मनाउनु पर्दछ भन्ने उनको भनाइ छ। रासस

 

प्रकाशित: १४ भदौ २०८० ६:४५ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast