‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्सी अवार्ड २०२३’ एनसेललाई

हिमाल प्रेस ११ भदौ २०८० २१:२३ | Monday, August 28, 2023
‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्सी अवार्ड २०२३’ एनसेललाई

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले ७औँ सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड जितेको छ।

एनसेलका सेल्स म्यानेजर अभयकुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक मण्डलका सदस्य आशिष तिवारीबाट उक्त अवार्ड ग्रहण गरे। एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरीअन्तर्गत उक्त अवार्डबाट सम्मानित गरिएको बताइएको छ।

एनसेलले जितेको अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउँछ। कम्पनीले बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षाअनुसार निरन्तर गरेका कार्यहरूका लागि सम्मान गरिएको बताइएको छ।

‘यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौँ। यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने। सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिने र ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान जारी राख्ने उनको भनाइ थियो।

प्रकाशित: ११ भदौ २०८० २१:२३ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast