एसियन पेन्ट्सद्वारा डिजाइन प्रतियोगिताका विजेता घोषणा

हिमाल प्रेस ११ भदौ २०८० १६:१०
एसियन पेन्ट्सद्वारा डिजाइन प्रतियोगिताका विजेता घोषणा

काठमाडौँ- क्यालिडोस्कोप एसियन पेन्ट्स नेपालद्वारा आयोजित डिजाइन प्रतियोगिताको विजेता घोषणा भएका छन्।

एसियन पेन्ट्सले आर्किटेक्चरका विद्यार्थीका लागि २०२२/२३ को प्रोजेक्ट कास्कीको ‘पोखरा मोन्युमेन्टल पार्क’ थियो। इन्टेरियर डिजाइनका विद्यार्थीका लागि ‘बुटिक होटल’ थियो।

यो प्रतियोगिताको आठौँ संस्करण हो। जहाँ ५१ विद्यार्थीले ११ आर्किटेक्चरल र २ इन्टेरियर डिजाइन कलेजबाट भाग लिएका थिए। आर्किटेक्चर र इन्टेरियर डिजाइन संकायबाट उत्कृष्ट ५ विजेता छनोट भएका छन्।

आर्किटेक्ट कलेजबाट प्रतियोगिताको विजेता थापाथली क्याम्पसका सन्दीप तण्डुकार र इन्टेरियर डिजाइन कलेजबाट कान्तिपुर इन्टरनेसनल कलेजकी नीलिमा प्रधान दुवैले एसियन पेन्ट्सबाट ७० हजार नगद पुरस्कार प्राप्त गरे।

फस्ट रनरअप आर्किटेक्ट कलेजबाट एक्मी इन्जिनियरिङ कलेजका अनमोल भण्डारी र इन्टेरियर डिजाइन कलेजबाट आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी क्याथी मुननकर्मी भए र दुवैले एसियन पेन्ट्सबाट ४० हजार नगद पुरस्कार प्राप्त गरे।

थापाथली क्याम्पस (आर्किटेक्ट कलेज) का युनिश भट्ट क्षेत्री र कान्तिपुर इन्टरनेसनल कलेज (इन्टेरियर डिजाइन कलेज)की श्रीजा आचार्य एसियन पेन्ट्सबाट ३० हजार नगद पुरस्कार जित्दै सेकेन्ड रनरअप भएका छन्।

अन्तमा चार सान्त्वना पुरस्कार काठमाडौँ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङकी मानषी श्रेष्ठ, थापाथली क्याम्पसकी रुची खकुरेल, आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी नम्रता पन्त र आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी रुचिता महर्जनलाई एसियन पेन्ट्सबाट १० हजार पुरस्कार प्रदान गरिएको छ।

प्रकाशित: ११ भदौ २०८० १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =