बाजी र अनलाइन जुवामा संलग्‍न हुनेको खाता रोक्का हुने

हिमाल प्रेस २८ मंसिर २०७९ १३:४८ | Wednesday, December 14, 2022
बाजी र अनलाइन जुवामा संलग्‍न हुनेको खाता रोक्का हुने राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले अनलाइन, मोबाइल, डिजिटल वालेटजस्ता माध्यमबाट बाजी र जुवामा संलग्न हुनेको खाता रोक्का गर्ने बताएको छ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै जुवा तथा बाजीजस्ता गैरकानुनी कार्यमा संलग्न नहुन आग्रह गरेको हो।

‘विद्युतीय भुक्तानी कारोबारमार्फत् जुवा तथा बाजीलगायतका कार्यमा संलग्न भएको पाइएमा कानुनी कारबाही हुने र बैंक खाता तथा मोबाइल वालेटलगायतको कारोबार रोक्का हुनेछ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ।

राष्ट्र बैंकले अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थालाई पनि यस्ता गतिविधिको सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ।

प्रकाशित: २८ मंसिर २०७९ १३:४८ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast