जाजरकोट जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने

हिमाल प्रेस २८ मंसिर २०७९ १२:०५ | Wednesday, December 14, 2022
जाजरकोट जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने

काठमाडौँ- जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ।

जाजरकोट (ख) का प्रदेशसभा सदस्य राजीवविक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो।

१६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सीपमूलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिने प्रदेशसभा सदस्य शाहले बताए।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बुधबार बिहान शाहलाई फोन गरेर पाँच बालिकाको शिक्षादीक्षाको जिम्मा लिन आफूहरू तयार रहेको जानकारी दिएकी थिइन्। अभिभावक गुमाएका बालिकाहरूको विवरण शाहसँग माग गरिएको र उपलब्ध भएपछि बाँकी प्रक्रिया अघि बढ्ने माइती नेपालले जनाएको छ।

स्थानीय तहसँग समन्वय गरेर छिट्टै माइती नेपाललाई विवरण उपलब्ध गराउने, बाँकी बालबालिका र पीडित परिवारलाई आफूले समेत सक्दो सहयोग गर्ने शाहको भनाइ छ।

सोमबार जाजरकोटको छेडागाड नगरपालिका-४ मा भएको जीप दुर्घटनामा छेडागाडका ९ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीन जनाको मृत्यु भएको थियो।

प्रकाशित: २८ मंसिर २०७९ १२:०५ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast