राष्ट्रपति र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता

हिमाल प्रेस ६ भदौ २०८० १७:५३ | Wednesday, August 23, 2023
राष्ट्रपति र संयुक्त राष्ट्रसंघका आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हन्ना सिंगर हम्दीबीच भेटवार्ता भएको छ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा बुधबार भएको भेटमा नेपालको विकास र समृद्धि एवं दिगो विकास लक्ष्य प्राप्तिका लागि छलफल भएको थियो।

भेटमा नेपाल अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नति, त्यसले पार्ने सामाजिक तथा आर्थिक प्रभावलगायत विषयमा मिलेर जाने विषयमा छलफल भएको जनाइएको छ।

राष्ट्रपति पौडेलले नेपालको विकासमा संयुक्त राष्ट्रसंघले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे।

प्रकाशित: ६ भदौ २०८० १७:५३ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast