१७.६९ अंकले बढ्यो नेप्से, यी हुन् बढी कमाउने पाँच कम्पनी

हिमाल प्रेस ५ भदौ २०८० १५:२३ | Tuesday, August 22, 2023
१७.६९ अंकले बढ्यो नेप्से, यी हुन् बढी कमाउने पाँच कम्पनी

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) १७.६९ अंकले उकालो लागेको छ। सामान्य उतारचढावका बीच बढेको परिसूचक २०१६ बिन्दुमा उक्लिएको छ। सोमबार १९९८ बिन्दुमा ओर्लिएको थियो।

आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ। यसमध्ये सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीको पहिलो नम्बरमा कुथेलीबुखरी स्मल हाइड्रोपावर बनेको छ। सोमबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको यो कम्पनीको मूल्य आज १० प्रतिशतले बढ्यो। कारोबार बन्द हुँदा यसको प्रतिकित्ता सेयर मूल्य ५७९ रुपैयाँ पुगेको छ।

इङ्वा हाइड्रपावर र माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ८.९० प्रतिशतले बढ्यो। त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरको ८.४२ र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ८.२५ प्रतिशतले उकालो लाग्यो।

कारोबार रकमका हिसाबले मंगलबार कुमारी बैंक लिमिटेडको संस्थापक सेयर पहिलो भयो। यसको २८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ। मंगलबार कुल १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। आज सबै उपसमूहको सूचक बढेको छ।

प्रकाशित: ५ भदौ २०८० १५:२३ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast