प्रमुख प्रतिपक्षीबिनै शीतलनिवासमा सर्वदलीय बैठक

राष्ट्रपतिले अनावश्यक राजनीति गर्न खोजे : एमाले

हिमाल प्रेस ५ भदौ २०८० ९:३२ | Tuesday, August 22, 2023
प्रमुख प्रतिपक्षीबिनै शीतलनिवासमा सर्वदलीय बैठक राष्ट्रपति निवासमा मंगलबार बिहान सर्वदलीय बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दलका नेताहरू। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा उमालेबाहेक संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको छलफल सुरु भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको हो। राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै सो बैठक एमालेले बहिस्कार गरेको हो।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाइमा पार्टी रहेको छ।

बैठकको वैधानिकता नहुने भएपछि एमाले शीतल निवास नजाने भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको विषयमा चासो व्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए। तर हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भइसकेको छ।

प्रकाशित: ५ भदौ २०८० ९:३२ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast