भदौ लाग्दा पनि सकिएन रोपाइँ

हिमाल प्रेस ४ भदौ २०८० २०:२८ | Monday, August 21, 2023
भदौ लाग्दा पनि सकिएन रोपाइँ फाइल तस्बिर।

काठमाडौँ- भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत शुक्रबारसम्म उक्त रोपाइँ भएको हो। मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ।

हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, बागमती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको छ।

गत वर्ष भदौ १ गतेसम्म देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियाे। यस वर्ष ढिला वर्षा भएकाले कम प्रतिशत रोपाइँ भएको हो। धेरै धान उत्पादन हुने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ।

प्रकाशित: ४ भदौ २०८० २०:२८ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast