मकवानपुरमा ११ जना विद्यार्थीलाई रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति

हिमाल प्रेस ३ भदौ २०८० ११:२१ | Sunday, August 20, 2023
मकवानपुरमा ११ जना विद्यार्थीलाई रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति

काठमाडौँ- रिद्धिसिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ दि इयर २०८०’ को छात्रवृत्तिबाट ११ जना विद्यार्थी लाभान्वित भएका छन्। ककम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरी सञ्चालन गरेको कार्यक्रमबाट ११ जना लाभान्वित भएका हुन्।

छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थी सहभागी थिए। एसईई परीक्षामा प्राप्त अंक, दौड प्रतियोगिता र आईक्यू परीक्षाका अधारमा उत्कृष्ट निस्केका ११ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको कम्पनीले जानकारी दिएको छ।

छात्रवृत्ति कार्यक्रमअन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक ५ हजार, दोस्रो हुनेलाई ३ हजार ५ सय, तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ दिनेछ। साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक १ हजार ५ सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने कम्पनीको भनाइ छ। छात्रवृत्ति कार्यक्रमले विद्यार्थीको मनोबल बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ३ भदौ २०८० ११:२१ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast