शिक्षक र विद्यालय कर्मचारीको आन्दोलनमा महामन्त्री शर्माको ऐक्यबद्धता

हिमाल प्रेस २ भदौ २०८० ७:५० | Saturday, August 19, 2023
शिक्षक र विद्यालय कर्मचारीको आन्दोलनमा महामन्त्री शर्माको ऐक्यबद्धता

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षासम्बन्धी विधेयक अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताएका छन्। शर्माले शुक्रबार सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले धुलाबारीमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै भने, ‘मैले विधेयकको मस्यौदा सूक्ष्म अध्ययन गरेको छु। मस्यौदा कसले, किन, कुन उद्देश्य र प्रयोजनका लागि तयार गरेको भन्ने कुराले अन्योल सिर्जना गरेको छ।’

शर्माले सरोकारवालसँग बसेर छलफल नगरी विधेयकको मस्यौदा तयार पार्दा यस्तो समस्या आएको बताए। महामन्त्री शर्माले प्रस्तावित विधेयकले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको बताउँदै शिक्षकको जारी आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाएका छन्।

कांग्रेस सांसदसमेत रहेका शर्माले गलत ढंगले ल्याइएको विधेयकका प्रावधान शिक्षक र सार्वजनिक शिक्षामैत्री बनाउन आफूले सक्दो पहल गर्ने पनि बताए।

विद्यालय शिक्षा विधेयक : शिक्षक/कर्मचारीका माग सम्बोधन गर्ने महामन्त्री थापाको प्रतिबद्धता

प्रकाशित: २ भदौ २०८० ७:५० | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast