एमालेको अवरोधकै कारण संसद्‍को कार्यसूची अघि बढेन : रव‍ि लामिछाने

हिमाल प्रेस १ भदौ २०८० १८:०५ | Friday, August 18, 2023
एमालेको अवरोधकै कारण संसद्‍को कार्यसूची अघि बढेन : रव‍ि लामिछाने फाइल तस्बिर

सुरुंगा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन्। झापाको बिर्तामोडमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताएका हुन्। ‘जनताका धेरै कुरा उठाउनुछ,’ उनले भने, ‘चाँडोभन्दा चाँडो सदन खुलाउनुस्।’

सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको आराेप लामिछानेले लगाए। एमालेको अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै नपाएको उनले बताए।

पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको बताए।

सभामा पार्टीका केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, संघीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाइलगायत केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए। सभापति लामिछानेले झापामा दुई दिनमा आठ सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। रासस

प्रकाशित: १ भदौ २०८० १८:०५ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast