स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री दाहालले दिए समकक्षी मोदीलाई शुभकामना

हिमाल प्रेस ३० साउन २०८० १२:०९ | Tuesday, August 15, 2023
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री दाहालले दिए समकक्षी मोदीलाई शुभकामना प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा समकक्षी मोदीसँग। फाइल तस्बिर

काठमाडौँ-  स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्। भारत आज मंगलबार ७७ औं स्वतन्त्रता दिवस मनाइरहेको छ। यही अवसरमा प्रधानमन्त्री दाहालले ट्विटमार्फत मोदीलाई बधाई तथा शुभकामना दिएका हुन्।

दाहालले लेखेका छन्, ‘भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छु।’

भारतले सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको दिनको स्मरणमा हरेक वर्ष अगस्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरेको छ। दिवसका अवसरमा प्रधानमन्त्री मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ। सन् २०१४ मा सत्तामा आएका मोदीको स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा हुने सम्बोधन यसपालि १०औँ हो।

प्रकाशित: ३० साउन २०८० १२:०९ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast