परराष्ट्रमन्त्री साउदले गरे लिंगेश्वरधाम अवलोकन

हिमाल प्रेस २९ साउन २०८० २१:४३ | Monday, August 14, 2023
परराष्ट्रमन्त्री साउदले गरे लिंगेश्वरधाम अवलोकन

कञ्चनपुर- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बेदकोट नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र लिंगेश्वरधाम संरक्षणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता गरेका छन्। साेमबार लिंगेश्वरधाम क्षेत्रको अवलोकन गर्दै उनले पर्यटकीय क्षेत्रमा बाढीबाट थप क्षति हुन नदिन प्राविधिकको सल्लाहअनुसार काम अगाडि बढाउने बताएका हुन्।

‘धार्मिक क्षेत्रका प्राकृतिक संरचना जोगाउनका लागि तटबन्ध निर्माण गर्न आवश्यक छ,’उनले भने, ‘प्राविधिक कुरा भएकाले सम्बन्धित मन्त्रालयमा यसबारे कुरा गर्छु, प्राविधिक टोली खटाएर धार्मिक क्षेत्रको संरक्षणका लागि कार्य अगाडि बढ्छ।’

लिंगेश्वर क्षेत्रको संरक्षण गर्नका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नदीमा झोलुंगे पुल निर्माण गर्नका लागि पहल गरिने बताए। लिंगेश्वर क्षेत्रसहित यससँग जोडिएका जोखिममा रहेका बस्ती जोगाउनका लागि पनि तटबन्धको योजना ल्याइने उनले बताए।

धार्मिक क्षेत्रलाई पर्यटन मन्त्रालयमा दर्ता गराउन आग्रह गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणका लागि कटिबद्ध भएर लाग्ने बताए। स्थानीय समुदायकै चाहनाअनुसार पर्यटकीय क्षेत्रको विकास र बाढीबाट संरचना जोगाउनका लागि कार्य गरिने उनको भनाइ थियो। लिंगेश्वरधाम क्षेत्र नजिकै भएर बग्ने खोलाले मन्दिर, तटबन्ध, अन्य पर्यटकीय पूर्वाधारलगायत बगाएर क्षति पुर्‍याएको छ।

मन्त्री साउदसहित अवलोकनमा बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति लालबहादुर सिंह र प्रदेश सभापति करन सिंह ऐरलगायत सहभागी थिए। रासस

प्रकाशित: २९ साउन २०८० २१:४३ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast