उपराष्ट्रपति यादव चीन प्रस्थान

हिमाल प्रेस २९ साउन २०८० १६:५१ | Monday, August 14, 2023
उपराष्ट्रपति यादव चीन प्रस्थान

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादव चीनको साताव्यापी भ्रमणका लागि प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरे।

उपराष्ट्रपति यादवले कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुनेछन्। मेला साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी श्रीमती चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा छन्।

प्रकाशित: २९ साउन २०८० १६:५१ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast