प्रचण्डले भने : महरा दोषी भए हत्कडी लगाए हुन्छ

हिमाल प्रेस २९ साउन २०८० १४:५२ | Monday, August 14, 2023
प्रचण्डले भने : महरा दोषी भए हत्कडी लगाए हुन्छ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीमा संलग्न भएको पुष्टि भए पार्टीकै नेतालाई पनि नछोड्ने बताएका छन्। सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले केही नेताहरूको नाम बाहिर आएको भन्दै कसैलाई छुट नहुने चेतावनी दिएको बागमती प्रदेश सांसद युवराज चौलागाईंले जानकारी दिए।

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ,’ प्रचण्डलाई उदृत गर्दै उनले भने, ‘उहाँको नाम छ भने जोगाउन पर्दैन। कारबाही गर भनेर भनेका छौँ।’ उनले अनुसन्धानको क्रममा आफ्नै नाम आए पनि हत्कडी लगाउन भनेका छन्।

‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु, आफ्नो पार्टीको, आफ्नो परीवारको भनेर कसैलाई पनि छाडिँदैन।’ प्रचण्डले अहिले सरकारले चलाइरहेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई कुनै समस्या नपर्ने दाबी गरे।

‘भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा बिल्कुल सहि होइन। सरकार बिल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ,’ उनले थपे।  माओवादीले भदौ १६ गतेदेखि सुरु गर्न लागेको विशेष अभियानको तयारीका लागि सबै प्रदेशमा बैठक र भेला सुरु भएका छन्।

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईंले भने, ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु।’

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरूको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो।

प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए। प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गरे।

प्रकाशित: २९ साउन २०८० १४:५२ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast