जनमतबाट मन्त्री बन्न लागेकी अनितादेवीको शपथ सोमबार

हिमाल प्रेस २८ साउन २०८० १८:५६ | Sunday, August 13, 2023
जनमतबाट मन्त्री बन्न लागेकी अनितादेवीको शपथ सोमबार

काठमाडौँ- जनमत पार्टीका तर्फबाट मन्त्री बन्न लागेकी अनितादेवी साहको शपथ सोमबार हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार सोमबार बिहान १० बजे साहले पद तथा गोपनीयताको शपथ लिनेछिन्। माओवादीबाट मन्त्री बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतलाई सरकारमा सहभागी गराएका हुन्। साहलाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने टुंगो पनि भोलि नै लाग्ने भएको छ।

जनमत चार महिनाअघि पनि सरकारमा सहभागी थियो। तर रोजेको मन्त्रालय नपाएपछि उक्त पार्टी सरकारबाट बाहिरिएको थियो।  जनमतले साहलाई मन्त्री बनाउन यसअघि नै निर्णय गरिसकेको छ। जनमत पार्टीले अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको थियो।

गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।

मन्त्री बन्न लागेकी साह पार्टी सचिव हुन्। धनुषाकी साह जनमतमा लाग्नुभन्दा पहिले गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन्। स्थानीय तहको निर्वाचनमा उनी जनकपुर उपमहानगरको मेयरमा पराजित भएकी थिइन्। साहले पनि आफूलाई मन्त्रीबारे निर्णय गरेको र सिफारिस गरेको जानकारी आएको बताइन्। ‘मन्त्रीका लागि पार्टीले निर्णय गरेको जानकारी गराएको छ’ उनले भनिन्।

सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी निर्णय

 

प्रकाशित: २८ साउन २०८० १८:५६ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast