आज देशका धेरै स्थानमा भारी वर्षा, बाढीपहिरोको जोखिम

हिमाल प्रेस २८ साउन २०८० ९:५० | Sunday, August 13, 2023
आज देशका धेरै स्थानमा भारी वर्षा, बाढीपहिरोको जोखिम फाइल तस्बिर।

काठमाडौँ- आज (आइतबार) देशका धेरैजसो स्थानमा पानी पर्ने र कतिपय ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोप हुने भएकाले सजगता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ।

महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।

प्रकाशित: २८ साउन २०८० ९:५० | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast