अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता

हिमाल प्रेस २६ साउन २०८० ७:३७ | Friday, August 11, 2023
अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता

काठमाडौँ- अवैधानिक माध्यमबाट अमेरिका लगिएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मंगलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो।

वासिन्टन डीसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा लगेका ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन (सीवीपी)ले बरामद गरेको हो । उक्त सामग्री गत मे महिनाको ११ तारिखमा वाशिंटन डिसीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो।

दूतावासले ऐतिहासिक महत्त्वका ती सामग्री नेपाल पठाउन पहल गरेकामा अमेरिकी सरकारी निकायप्रति हार्दिक आभार प्रकट गरेको छ।

सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका ४७ सामग्री नेपाल फिर्ता पठाइसकिएको छ। कतार एयरवेजको कार्गोको सहयोगमा नेपाल पुर्याउन लागिएका ती सामग्री शनिबार काठमाडौँ पुग्ने दूतावासले जनाएको छ।

प्रकाशित: २६ साउन २०८० ७:३७ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast