काठमाडौँ- सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त स्वीकृति दिएको हो।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ। साथै बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐनको दोस्रो संशोधन विधेयक संसद्मा पेस गर्न स्वकृति दिने निर्णय पनि गरेको छ।
प्रकाशित: २३ साउन २०८० १८:०७ | Tuesday, August 8, 2023
प्रतिक्रिया




